आज पाल्पाको ऐतिहासिक भगवती जात्रा

भदौ ११ काठमाडौं ।
आज पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा निकालिँदै छ।

राष्ट्रपति रामचन्द्र पौडेलकोसमेत उपस्थितिमा यस वर्षको रथ जात्रामा हुने भएको छ। लुम्बिनी प्रदेश सरकारले जात्राको अवसरमा पाल्पामा सार्वजनिक बिदा दिएको छ।

हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको खुसीयालीमा तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरबाट धुमधामका साथ विजयोत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहेको छ।

कर्णेल थापा नेतृत्वको फौजले १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेज सेनालाई पराजित गरेका थिए। युद्धमा विजयपश्चात् १८७२ मा निर्माण थालनी गरी १८७६ सालमा तीन तले मन्दिर पूरा गरेको र त्ययसता प्रत्येक वर्ष विजयी उत्सवका रुपमा रथ यात्रा निकाल्न थालिएको थियो।

तत्कालीन कर्णेल थापाले युद्धमा जानुअघि भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वास र त्यसैको खुसीयालीमा भगवतीको रथलाई विक्रम संवत् १८७७ देखि बजार परिक्रमा गराउन सुरु गरिएको थियो।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *