साउन १६ काठमाडौँ ।
काठमाडौँ महानगरपालिका भित्रका नदी तथा तटीय क्षेत्रको थप २० मिटर भित्र भौतिक संरचना बनाउन नपाइने भएको छ।
काठमाडौँ महानगरका मेयर बालेनले तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवनलगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति नमिल्ने जानकारी दिएका छन्।
‘तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवन लगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति नमिल्ने उनको फेसबुक मार्फत जानकारी गराएका छन्।’
नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोबार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गरिदिन पनि आग्रह गरेका छन्।
Post Views: 76