असार २८ काठमाडौं ।
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बाट पदमुक्त भएसँगै बालुवाटार छाडेका छन्।
प्रचण्डले बालुवाटार छाडेसँगै आफ्नो निजी निवास ललितपुरस्थित खुमलटारमा सरेका छन्।
एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए। तर, प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र प¥यो भने उनको विपक्षमा १९४ मत परेको थियो। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ।
प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका थिए।