असार १ काठमाडौँ ।
दरबारमार्ग स्थित दरबार रोधी क्लबले आफ्नो १६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा वरिष्ठ लोकगायक कुमार बस्नेतलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको छ। बस्नेतलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले उक्त सम्मान प्रदान गरेका हुन्।
वार्षिकोत्सवमा क्लबले हरेक वर्ष आफ्नो कला, मनोरञ्जन क्षेत्रमा कलम चलाउने पाँच जना पत्रकारलाई सम्मान गर्दै आएको छ। सोही अनुसार यस पटक रातोपाटीका नरेन्द्र रौले, अनलाइनखबरका विष्णु शर्मा, सेतोपाटीका सुशील नेपाल, नयाँ पत्रिका दैनिकका अन्वेषण अधिकारी र मज्जाको टिभीका आयशा दाहाल सम्मान पत्र सहित पुरस्कृत भए।
लोक गायनको क्षेत्रमा बस्नेतले पु¥याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो। कार्यक्रममा गायक बद्री पङ्गेनी, कृष्ण आँसुलगायतले ‘विशेष सम्मान’ प्राप्त गरे।