ह्युस्टनमाथि उत्कृष्ट बलिङसँगै नेपालको जित

जेठ १३ काठमाडौं ।
उत्कृष्ट बलिङसँगै नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले हराएको छ। यो सँगै नेपालले दुई खेलको सिरिज क्लिनस्वीप गरेको छ।

जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए। इमरान खान जुनियर र लाहिरु मिलान्था १६,१६ रनमा आउट भए। अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। भने १२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भयो।

नेपालका करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एक,एक विकेट लिए।

त्यस अघि प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाउन सकेको थियो। ओपनर कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे। कप्तान रोहित पौडेलले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाएका थिए। नेपालका कुनै पनि ब्याटरले क्रिजमा जमेर राम्रो प्रदर्शन गर्न सकेनन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *