११ जेठ, काठमाडौं ।
चुरेक्षेत्र संरक्षणसहित १२ बुँदे माग बोकेर २५ औं दिनमा पैदलयात्रा गरेर सप्तरीदेखि २३ जनाको टोली काठमाडौं आई माईतिघरमा धर्ना बसेका छन्।
चुरे अतिक्रमण र दोहनले खानेपानीका स्रोत सुक्दै जाँदा आफूहरु काकाकुल हुनु परेको चुरे तथा वन जंगल संरक्षणको माग गर्दै सप्तरी, धनुषा, जनपुर, वीरगञ्ज लगायत जिल्ला बाट पैदलै हिँडेर उनीहरु २५ औं दिनमा काठमाडौं आइपुगेका हुन्।
पैदल यात्राका क्रममा सहभागीहरूले प्लास्टिक र टिनको भाँडोमा ‘पानीका लागि रुख बचाऊँ, पानी दे सरकार, चुरे र वनको संरक्षण गर लगायतका नारा उल्लेख गरेका थिए।
चुरे दोहन, अतिक्रमण र दोहनले खानेपानीका स्रोत सुक्दै जाँदा मधेशमा विकराल समस्या देखिन थालेको भन्दै स्थानीय आन्दोलित भएका हुन्।