विश्वासको मत पाउँनेमा ढुक्क छु ः प्रधानमन्त्री प्रचण्ड

जेठ ५ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रधानमन्त्रीको कार्यकालमा पाँच,छ पटकसम्म विश्वासको मत लिनुपर्ने परिस्थिति आउनसक्ने पनि बताए। जेठ ७ गते विश्वासको मत लिन लागेको र विश्वास मत पाउनेमा ढुक्क रहेको बताएका हुन्।

‘तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु। कहिले अलि बढ्छ, कहिले अलि घट्छ, घटबढ त भइराख्छ, तर विश्वासको मत प्राप्त हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

विश्वासको मत पाँउदिन कि भनेर दुविधामा नपर्न पार्टीका नेताहरूलाई प्रधानमन्त्री प्रचण्डले आग्रह गरे।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *