जेठ ४ काठमाडौँ ।
उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक विकासमा रुसको महत्त्वपूर्ण सहयोग रहेको बताएका छन् । नेपालको प्राविधिक शिक्षा र पूर्वाधार विकासमा रुसले निकै ठुलो सहयोग गरेको मन्त्री श्रेष्ठले बताए ।
मित्रकुञ्जको ५७ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको छैटौँ एसिया मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले रुसबाट प्रशिक्षित तथा शिक्षा प्राप्त नेपालीहरूले आफ्नो क्षेत्रबाट देशको विकासमा सक्रिय योगदान दिइरहेको बताए ।
रुस–युक्रेन द्वन्द्वका कारण केही चिन्ताहरू बढेको बताउँदै उनले ती चिन्ता र चासोलाई सम्बोधन गर्न रसियाका सरकारले सम्बोधन गरोस् भन्ने चाहेको बताएका छन् । रसियामा उल्लेखनीय सङ्ख्यामा नेपाली विद्यार्थीहरू विभिन्न सङ्काय तथा विषयमा अध्ययनरत रहेको छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले भूतपूर्व सोभियत संघसँग निकै घनिष्ठ र सहयोगी सम्बन्ध रहेको बताउँदै रुसी सङ्घको गठन पछि पनि कायम रहेको बताए ।