‘लेबर’ फिल्म निर्माण घोषणा

वैशाख १९ काठमाडौँ ।
१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक पूर्णेन्दु के झाले ‘लेबर’ फिल्म निर्माणको घोषणा गरिएको छन्।

काठमाडौँको सुनधारास्थित सिटिसी मलमाको सिने डी सेफमा आयोजित कार्यक्रममा फिल्मको टिजरसमेत सार्वजनिक भयो। निर्माण युनिटले पूर्णेन्दु प्रोडक्सन प्रालि र अरिपन फिल्मस प्राइभेट लिमिटेडको संयुक्त ब्यानरमा निर्माण हुने जानकारी दियो। फिल्मले बिदेसिन बाध्य नेपाली कथालाई प्रस्तुत गर्नेछ।

कार्यक्रममा निर्देशक झाले फिल्मले लेबर र सरकारबिचको कथा भन्ने बताए। ती कथालाई पर्दा मार्फत धेरै व्यक्तिसम्म पु¥याउनु पर्छ भन्ने लागेर फिल्म बनाउन लागेका हौँ’ निर्देशक झाले भने। फिल्म मैथिली भाषामा तयार हुनेछ भने नेपाली र भोजपुरीमा स्वराङ्कन हुनेछ।

‘हामीले बाहिर त बजार बनायौँ तर नेपालमै मधेसमा स्वदेशी फिल्मलाई दर्शकले साथ दिएका छैनन्। यस कारण पनि विविध भाषामा तयार गरेर यसलाई प्रदर्शन गर्ने तयारी गरिरहेका छौँ’, झाले थपे।

सतेन्द्र झा, सञ्जय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धिरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह–निर्माता रहेको फिल्मलाई निर्देशक झाले नरेश मिश्रासँगको सहकार्यमा लेखेका हुन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *