टी–२० विश्वकप तयारीका लागि उपयुक्त अवसर

बैशख १४ काठमाडौँ ।
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु मैदानमा खेलिने शृङ्खला निकट भविष्यमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि महत्त्वपूर्ण अवसर भएको बताएका छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल भ्रमणमा आएको वेस्ट इन्डिजको ‘ए’ टोलीमा राम्रा खेलाडीहरूको उपस्थिति रहेकाले विश्वकपको तयारीमा त्यसले सहयोग पु¥याउने कप्तान रोहितले धारणा व्यक्त गरे।

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाइले वेस्ट इन्डिजको नेपाल भ्रमणलाई लिएर आफूहरू उत्साही भएको बताए। उनले यस अघि आफूले लामो समय वेस्ट इन्डिजमा काम गरेको स्मरण पनि गरे। उनले वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेल नेपाली खेलाडीका लागि आफूलाई प्रमाणित गर्ने राम्रो अवसर भएको प्रतिक्रिया पनि दिए।

यसैगरी वेस्ट इन्डिज ‘ए’ टोलीका कप्तान रोस्टन चेजले आफ्नो टोली पहिलो पटक नेपाल भ्रमणमा आएको बताउँदै पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाली खेलाडीसँग खेल्न आफूहरू पनि उत्साही भएको प्रतिक्रिया दिएका छन्।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *