कर्णालीमा पाए मुख्यमन्त्रीले विश्वासको मत

वैशाख १३ काठमाडौं ।

बिहीबार कर्णालीमा भएको प्रदेश सभामा मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। कुल ४० सदस्यीय प्रदेश सभामा आज ३६ सांसद उपस्थित थिए।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन्। कांग्रेसका एक सांसद निलम्बनमा परेका छन्। भने राप्रपा, एकीकृत समाजवादीका एक÷एक र स्वतन्त्र एक सांसद छन्। विश्वासको मतको पक्षमा २३, विपक्षमा १२ र १ मत तटस्थमा परेको छ।

नेकपा एमालेका नेता कँडेललाई प्रदेश प्रमुख तिलक परियारले चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *