चैत २५ काठमाडौं ।
नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा गुजरातसँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।
नेपालले पछिल्लो खेलमा बरोडा बाट चार परिवर्तन गरेको छ । नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन् । आज तीव्र गतिका बलर आकाश चन्द, प्रतिश जि.सी, ललित राजवंशी र अनिल शाह आज बेन्चमा छन् ।
अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो । उता गुजरातले बरोडालाई ५ विकेट र ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
नेपालको प्लेइङ ११ ः कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, रोहित पौडेल (कप्तान), गुलशन झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, आसिफ शेख र अभिनाश बोहरा ।
बेन्च ः प्रतिश जि.सी, आकाश चन्द, ललित राजवंशी र अनिल शाह
Post Views: 37