चैत २२ काठमाडौं ।
इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नेकपा माओवादी केन्द्रलाई सघाउने भएको छ । माओवादी केन्द्रबाट उम्मेदवारका लागि सिफारिसमा परेका धिरेन्द्र शर्मालाई पछि हटाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो ।
‘दुई अध्यक्ष विच सहमति भएको रहेछ । माओवादीले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी दिए। केन्द्रबाट निर्देशन आएको छ । अब गठबन्धनका उम्मेदवार जिताउन लाग्छौं,’ माओवादीका केन्द्रीय सदस्यले जानाकारी दिए ।
इलाम–२ मा १५ बैशाखमा उपनिर्वाचन हुँदैछ । एमाले बाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टी बाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादी बाट जीतबहादुर राई, जनमत बाट प्रेमदीप थाम्सुहाङ र पहिचानवादी बाट डगेन्द्रसिंह थेगिम उम्मेवार बनेका छन् ।