चैत २१ काठमाडौं ।
चितवन जिल्लाको भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ महाअभियान चलिरहेको छ। देशका शीर्ष नेतृत्वको उपस्थितिमा नारायणी किनारबाट फागुन १८ गते भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको थियो ।
भ्रमण वर्षको अवसरमा आन्तरिक पर्यटक आउने क्रममा दोब्बरले बढेको छ भने सार्क राष्ट्रबाट आउनेको सङ्ख्या पनि राम्रो रहेको होटल व्यवसायी संघका अध्यक्ष सञ्जीव दास श्रेष्ठले जानकारी दिए ।
सन् २०१८ अर्थात् कोभिड अगाडिको समयमा आउने पर्यटकको सङ्ख्या अहिले देखिन थालेको छ । मार्च महिनामा ६ वर्षपछि पहिलो पटक ठुलो संख्यामा पर्यटक यहाँका होटलहरूमा आएका छन् ।
भरतपुरका तटीय क्षेत्रमा जोडिएर ११ वटा ठुला र ५० वटा साना होटलहरू छन् । चितवन राष्ट्रिय निकुञ्ज र राप्तीसँगै जोडिएकाले वाईल्ड टुरिजमका लागि विदेशी पर्यटक यहाँ आउने गर्दछन् । भरतपुरमा सार्क राष्ट्र बाहेकका देशबाट आउने पर्यटकको सङ्ख्या सबैभन्दा धेरै छ ।
बाराही, सेराई, सारङ्ग, नारायणी सफारी, इन द वाईल्ड, कसरा रिर्सोट, रिभर बैंक, सोल्टी वेस्टर्न, जङ्गल भिल्ला, अन्नपूर्ण (जगतपुर लज), टाईगर ल्याण्ड यहाँका प्रमुख होटलहरू हुन्।
हात्ती सफारी, जङ्गल सफारी, बोटिङ, जङ्गल वाक, विभिन्न जातिको संस्कृति प्रस्तुतिहरू तथा पर्यटन सम्बन्धी धेरै गतिविधिहरू यहाँ आउने पर्यटकले गर्न सक्छन् । पर्यटन व्यवसायी जानकारी दिए ।