काठमाडौंमा नेयमारकी मेकअप आर्टिस्टले सौन्दर्य कला सिकाउने

ब्राजिलयन मेकअप आर्टिस्ट प्रिस्किला (बीचमा)

चैत १२ काठमाडौं।
विश्वचर्चित फुटबल खेलाडी नेयमारकी ब्राजिलियन मेकअप आर्टिस्ट प्रिस्किला लेसाले नेपालमा सौन्दर्य कलासम्बन्धी मास्टरक्लास दिने भएकी छन् । उनले दिने कक्षा सोल्डआउट भइसकेको छ ।

काठमाडौं बसाइमा उनले भक्तपुरको गट्ठाघरमा खुल्ने नयाँ मेकअप स्टुडियोको उद्घाटन समेत गर्नेछिन् । यो उद्घाटनमा पूर्वमिस नेपाल प्रियंकारानी जोशी पनि सहभागी हुने जनाइएको छ ।

न्युयोर्कमा मिस नेपाल नर्थ अमेरिका आयोजना गर्दै आइरहेका शैलेन्द्र श्रेष्ठ लगायतको समूहले लेसालाई नेपालमा ल्याएको हो । ‘प्रिस्किला मेकअप वर्कशप’ नाम दिइएको यो कार्यशाला सोमबारदेखि सुरु भएको छ, जुन बुधबारसम्म चल्नेछ ।

अन्तर्राष्ट्रिय मेकअप आर्टिस्ट र शिक्षा अभियन्ता समेत रहेकी प्रिस्किलालाई इन्स्टाग्राममा १३ लाखले पछ्याएका छन् । यसअघि उनले मेक्सिको, कोलम्बिया, इक्वेडर, रुस, पाराग्वे, अमेरिका, रोमानिया, भारत, पेरु लगायतका मुलुकमा मेकअप वर्कशप सञ्चालन गरेको जनाइएको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *