चैत ९ काठमाडौं ।
थाइल्याण्डमा अलपत्र बनेका १३ नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासले १३ जना नेपालीको उद्धार गरी नेपाल फिर्ता गरेको जनाएको छ।
थाई परराष्ट्र मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र नेपाली दूतावास यांगोनको समन्वयमा उद्धार गरी नेपाल फिर्ता गरिएको थाइल्याण्डस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
थाइल्याण्ड र म्यानमार सीमा नजिक म्यानमारको म्याबड्डीमा लामो समयदेखि समस्यामा परेका १३ जनाको उद्धार गरिएको हो। उद्धार गरिएका १३ नेपाली नागरिकलाई आज शुक्रबार थाइल्याण्डको मेइसोटसम्म कर्मचारी खटाइ थाई–म्यानमार सीमा पार गराइएको थियो।
त्यसपछि थाइल्याण्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाई यात्रा मार्फत बैंकक हुँदै नेपाल एअरलाइन्सको उडान नम्बर आरए ४०२ मार्फत काठमाडौं पठाइएको दूतावासले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।