आरती साहको परिवारले भेट प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ८ फागुन ।
जनकपुरकी आरती शाहको आफनै ससुरा र श्रीमानले हत्या गरेको भन्दै आरती साहको परिवार केहि महिना देखि काठमाडौंमा न्यायको लागि अंन्शन बसिरहेको थियो। न्यायको लागि भौतारिरहेका परिवारले आज प्रधानमन्त्री पुष्पकमल दाहाल सगँ भेटवार्ता गरेका छन्।

भेटका लागि आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा आरती साहको परिवार बुधबार बालुवाटार पुगेका थिए। भेटमा आफूहरुले न्यायका लागि गर्नु परेको संघर्षबारे प्रधानमन्त्रीलाई जानकारी गराएको आरतीका भाइले जानकारी दिए। ‘प्रमाणहरु लुकाइयो, हामी माथि कुटपिट भयो, हामी न्यायको पर्खइमा छौं भनेर हामीले भन्यौं’ उनले भने, ‘मन्त्री ज्युले हाम्रो कुरा सुन्नुभयो।

 

प्रधानमन्त्री प्रचण्डले न्यायका लागि पहल गर्ने आश्वासन दिएको प्रेमले जानकारी दिए। आरतिको परिवारले निरन्तर धर्नामा छ। भने उनका श्रीमान पुर्पक्षका लागि थुनामा छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *