पोखरा २७ माघ।
१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत अपांगतातर्फका दौड भएका छन् । शनिबार भएको ह्विलचेयर पुरुषतर्फको दौडमा सुरेशकुमार गौली पहिलो भए । निर्धारित १८०० मिटर दूरी ७ मिनेट ४१.३ सेकेन्डमा पार गरेका थिए । दोस्रो भरत अधिकारीले उक्त दूरी ७ मिनेट ५७.३ सेकेन्ड र तेस्रो भएका ध्रुव परियारले ८ मिनेट २४.५ सेकेन्डमा पार गरेका थिए ।
यस्तै महिलातर्फको ह्विलचेयर दौड काठमाडौंको ऐश्वर्यकुमारी कुमालले जितिको छिन् । कुमालले १ हजार मिटरको दौड ४ मिनेट ९.८ सकेन्डमा पार गरिन् । दोस्रो काठमाडौंकै पेमा छोक्पा गुरुङ ४ मिनेट ५२.१ मिनेट पार गारेकी थिन । तेस्रो पोखराको अञ्जु बराल भइन् । उनले उक्त दूरी ६ मिनेट ४४.५ सेकेन्डमा पार गरेको हुन् ।
विजेता ह्विलचेयर र दृष्टिविहीन महिला तथा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले जनही नगद १० हजार, ७ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे भने दृष्टिविहीन पहिलो, दोस्रो, तेस्रो र सान्त्वना भएका महिला÷पुरुष खेलाडीहरुलाई सेतो छडी प्रदान गरिएको थियो ।