साफ यू–१९ महिला फुटबल भारतसँग पराजित हुँदै नेपाल बाहिरियो

काठमाडौं २३ माघ ।
साफ यू–१९ महिला च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतसँग ४–० ले पराजित हुँदै नेपाल प्रतियोगिता बाट बाहिरिएको छ । पहिलो हाफ शून्यको बराबरीमा सकिए पनि खेलको दोस्रो हाफमा भारतले ४ गोल गरेको हो ।

भारतका लागि खेलको ५४ औं मिनेट र ८१ मिनेटमा नेहाले गोल गरिन्। ८६ औं मिनेटमा सुलन्जना राउलले र त्यस पछि सिन्डी कोनीले गोल गर्दै नेपाललाई ४–० ले पछि पारिन् । यो हारसँगै चार टिम सम्मिलित प्रतियोगितामा भुटान र नेपाल बाहिरिएका छन् । भारतले बिहीबार घरेलु टिम बंगलादेशसँग फाइनल खेल्नेछ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *