काठमाडौं १८ माघ ।
बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा व्यवसायी अरुण चौधरी र अजितमान सिंह थापा पक्रउ गरि कीर्ते र ठगी गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धान हुने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएका छन् ।
महाराजगञ्जस्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हाल सिजी चाँदबाग रेसिडेन्सी नाममा छ र उक्त जग्गामा चाँदबाग स्कुल सञ्चालन भइरहेको छ । सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना भएको भन्दै काठमाडौं महानगरपालिकाको ३ नम्बर वडा कार्यालय, तत्कालिन वडाध्यक्ष र ४८ जना स्थानीय बासिन्दाले प्रहरीमा जाहेरी दिएका थिए ।
सरकारी जग्गा तत्कालिन राजाको निर्णयविना कसैको नाममा नामसारी नहुनेमा बाँसबारी छालाजुत्ता कारखाना समितिले निर्णय गरेर च्याम्पियन फुटवेयर लिमिटेडलाई बिक्री गरेको थियो । उक्त फुटवेयर हाल बन्द भइसकेको छ र त्यसको स्वामित्व हाल सिजी चाँदबाग रेसिडेन्सीसँग छ ।