शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाइ स्वास्थ्य प्रतिष्ठान बनाइने

काठमाडौं १५ माघ ।
शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानका रुपमा विकास गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । २८ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले प्रतिष्ठानका रुपमा रुपान्तरण गर्न प्रक्रिया अघि बढेको जानकारी दिएका हुन् ।

केन्द्रले चाहेजस्तो सबै विधाका प्राध्यापक,दक्ष चिकित्सकहरु यही हुनुहुन्छ । मन्त्री बस्नेतले भने, ‘केन्द्रलाई प्रतिष्ठानका रुपमा विकास गर्न प्रक्रिया अघि बढेको छ । सरकार ‘कन्भिन्स’ भएको छ । हामी तपाईंहरुको प्रस्तावको पर्खाइमा थियौँ, मन्त्रालयले यससम्बन्धी निर्णयसमेत गरिसकेको छ ।’ गत भदौ १३ गते मन्त्री बस्नेतको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले केन्द्रलाई प्रतिष्ठानमा रुपान्तरण गर्न तीन सदस्यीय उपसमिति गठन गरेको थियो ।

उक्त उपसमितिले अवधारणापत्र बुझाइसकेको र मन्त्रालय बाट प्रक्रिया सुरु भएको मन्त्री बस्नेतको भनाइ छ । ‘संस्थापक, सहयोगी कर्मचारी र पदाधिकारीले यस अस्पताललाई प्रतिष्ठानका रुपमा अघि बढाउने तयारी गर्नुहोस् । मन्त्रालयबाट पहल र सहयोग गर्ने कुनै कुरा बाँकी रहने छैन, प्रक्रिया अघि पनि बढिसकेको छ’, उनले भने ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *