काठमाडौं ५ माघ ।
माघ ९ देखि चार दिनसम्म हुने सैनिक प्रदर्शनीका लागि ट्रकमा राखेर ९ नेपाली सेनाको हेलिकोप्टर जंगीअड्डासम्म लगिएको छ । नेपाली सेनाको जंगीअड्डाले यस्तो प्रर्दशनी वर्षेनि गर्दै आएको छ। ‘चलिरहेको हेलिकोप्टर ल्याउदा बीचमा तत्काल केही समस्या परेर कतै लानु प¥यो भने प्रदर्शनीस्थल बाट निकाल्न गाह्रो हुने भएकाले मर्मतमा रहेको हेलिकोप्टर लगिएको सो हेलिकोप्टरको ‘कलसाइन एनए ०३३ को केही पार्टस् मर्मतका लागि राखियको थियो ।’
प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्ने प्रदर्शनीमा बिहान १० बजेबाट सुरु भएर साँझ ५ बजेसम्म चल्नेछ । जंगीअड्डाले शिवरात्रीका बेला सेना दिवस मनाउँदै आएको छ । त्यसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रमहरु हुने गरेका छन्। त्यही क्रममा सेनाको ऐतिहासिक विकासक्रम र वर्तमान गतिविधि झल्कने स्टलसहित फोटोसहित हातहतियार, खेलकुद तथा पर्वतारोहण, विकास निर्माण, फौज तथा विभिन्न अंग, शान्ति मिशनमा नेपाली सेनाको सहभागिता गतिविधि तथा युनिट विशेष प्रदर्शनी गर्न लागिएको छ ।