हिमाल चढेर पनि प्रमाणपत्र बुझ्दैनन् आरोही

काठमाडौं २२ पुस ।
विभिन्न समयमा सगरमाथासहितका हिमाल चढेका ४८ जना आरोहीले प्रमाणपत्र बुझ्न नआएपछि सरकारले आरोहण गराउने कम्पनी र आरोहीको नाम सार्वजनिक गरेको छ । पर्यटनन विभागका अनुसार दलका नेताको मृत्यु भएको वा हराएको, आफ्नो देशमा फिर्ता गएको वा सम्पर्कमा नआएको जस्ता कारणले विभागमा ब्रिफिङ हुन नसकी ४८ जना आरोहीले हिमाल चढेको प्रमाणपत्र पाएका छैनन् ।

विभागले त्यस्ता फाइलको सन्दर्भमा आवश्यक निर्णय लिनु परेको भन्दै आरोहीले हिमाल चढे–नचढेको सम्बन्धमा कुनै उजुरी, गुनासो वा सिकायत भएमा लिखित प्रमाणसहित बुझाउन १५ दिनको समय दिएको छ । आरोहीले प्रमाणपत्रसँगै फोहोर फिर्ता गरी गार्बेज धरौटी समेत फिर्ता पाउँछन् । तर, ती ४८ जना आरोहीको गार्बेज समेत फिर्ता नभएको विभागले जनाएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *