हिउँदका बेला सिमसार क्षेत्रमा बसाइँ सरेर आउने चरा घटे

काठमाडौं, १८ पुस ।
हिउँदका बेला कञ्चनपुरका ताल तथा नदीलगायत सिमसार क्षेत्रमा बसाइँ सरेर आउने अप्रवासी चराको चहलपहल घटेको सम्बद्ध विज्ञको भनाइ छ । जलवायु परिवतर्नको असर, आहाराको कमीलगायत कारणले बसाइँ सरेर आउने चराको सङ्ख्यामा कमी देखिएको हो । सिमसार क्षेत्र मानव अतिक्रमणको चपेटामा परी खुम्चिँदै गएको र ताल पुरिँदै जाँदा जलपक्षीका लागि असर परेको छ ।

मालक हाँस, खरखसे हाँस, हरियो टाउके हाँस, सिन्दुरे हाँस, कैलेटाउके हाँससहित जीवल फिस्टो, डुबुल्के, लालकण्ठे, झेकझेक भ्रयाप्सी, खैरो भद्राइ, मोटोठाँडे, ट्याकट्याके लगायत पक्षी पनि बसाइँ सरेर आउने गरेको यहाँ देखिन्छ । चिसो छल्न र आहारको कमी भएपछि आहारा खोज्नका लागि चरा आउने प्रक्रिया वर्षौँदेखि यहाँ निरन्तररूपमा चल्दै आएको छ । बसाइँ सरेर आउने चरामा अधिकांश जलपक्षी र सिकारी प्रजातिका पक्षी रहने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निञ्कुजभित्रका सिकारीताल, कालीकिच, बाबाताल, सलगौडीताल, रानीताललगायत अप्रवासी चराका लागि गन्तव्यका रूपमा रहेका छन् ।

पछिल्लो समय ‘प्राकृतिक तालमा माछापालन गर्न थालेपछि चरालाई पटाका पड्काएर भगाउने, विषादी प्रयोग तथा गुलेली हानेर मार्ने कार्य हुन थालेको छ । मानव अतिक्रमणका कारण ताल सुक्न थालेपछि चरा जोगाउनका लागि निकै चुनौती थपिएको छ ।’

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *