राष्ट्रिय मानवअधिकार आयोगले रूस र युक्रेन युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न आग्रह

काठमाडौँ, १ पुस ।
राष्ट्रिय मानवअधिकार आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा रूस र युक्रेन बिच भइरहेको युद्धका क्रममा नेपाली नागरिकहरूको विभिन्न गैरकानूनी बाटो प्रयोग गरी रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मुत्यु भएको, केही घाइते भएका र अझै पनि सयौँको सङ्ख्यामा नेपालीहरू रूस र युक्रेन दुवैतर्फको सेनामा कार्यरत रहेको भनी प्राप्त जानकारीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

‘युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कुटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन, मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस प्रकारको गैरकानूनी बाटो बाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जिउ धनको सुरक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाली नागरिकहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जाने आयोगको भनाइ छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *