काठमाडौँ, १ पुस ।
आगामी माघ ११ गते तय भएको राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन १२ वटा राजनीतिक दल दर्ता भएका छन् । दल दर्ताको अन्तिम दिन शुक्रबारसम्म १२ वटा दलले आवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आवेदन दिएको आयोगका प्रवक्ताले जानकारी दिए ।
आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् । फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदैछ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।