काठमाडौं, २६ साउन
संखुवासभा, जिल्ला कारागारमा दुई कैदीको मृत्यु भए पछि १० जना प्रहरी अधिकारीमाथि छानबिन सुरु भएको छ । मृतकको परिवारले थुनामा रहेका दुई कैदीको प्रहरी कुटपिट बाट मृत्यु भएको आरोप लगाएपछि कारागार सुरक्षामा खटिएका प्रहरीमाथि छानिबन सुरु भएको हो ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले प्रहरीबाट सुरक्षार्थ खटिएका १० जना र कैदीबन्दीमध्ये ९ जनालाई छानबिनको दायरामा ल्याइएको बताए । उनका अनुसार बुधबार बिहान १ बजे कैदी विनोद तोलांगी र आकाश बलामी कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेका थिए ।
त्यस क्रममा नियन्त्रणमा लिएपछि कारागारभित्र झडप र कुटपिट हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना के कारण भयो भन्ने विषयमा अनुसन्धान भइरहेको संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताए ।