दोलखाको पहिरोपीडितलाई एसएस फाउन्डेशनको सहयोग

२१ साउन, काठमाडौं | बिहीबार दोलखाको गौरीशंकर गाउँपालिका– ७ मार्बुमा गएको पहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई एसएस फाउन्डेशनले सहयोग गरेको छ। फाउन्डेशनले यज्ञ थामीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनमार्फत् फाउन्डेशनले यज्ञका छोरा तोकबहादुर थामीलाई सहयोग रकम हस्तान्तरण गरिएको हो। कार्यक्रमा लिंदेनसहित फाउन्डेशनका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठ , समाजसेवी सुन्दर प्रकाश खड्का कार्यक्रममा उपस्थित थिए।

बिहीबारको पहिरोमा यज्ञसहित श्रीमती धनकुमारी र बुहारी सरिता गम्भीर घाइते भएका थिए। यस्तै उनका साढे दुई वर्षको नातीको मृत्यु भएको थियो। हाल काठमाडौंको यज्ञ थमीको मन मोहन कार्डियोथिरसिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र श्रीमती तथा बुहारी को ट्रमा सेन्टरमा उपचार भइरहको छ। उपचारका लागि आर्थिक अभाव भएपछि फाउन्डेशनले सहयोग गरेको हो।

‘दोलखामा समस्यामा परेकाहरूलाई फाउन्डेशनले यसअघि पनि सहयोग गर्दै आएको छ। हामी विपदमा परेकाहरुलाई सहयोग गर्न सधैं तत्पर हुनेछौं,’ संरक्षक उप्रेतीले भने।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *