काठमाडौं, जेष्ठ ५
बलात्कार र घरेलु हिंसाबाट पिडित बिनु यादव(कठायत) अनशन बसेको नौं दिन भयो । बिनु यादवले आफु माथी अन्याय गर्ने । रामेछाप जिल्ला, रामेछाप नगरपालिका गोठ गाउँ निवासी कठायत परिवार, आफ्नो मुद्दालाइ कमजोर बनाउने प्रहरी अधिकृत, प्रहरी प्रशासन र जिल्ला अदालत रामेछापका न्यायाधिसहरु माथी फेरि सुरुबाट अनुसन्धान गरि कारबाहिको माग गरेकि छन् ।
पिडित भएर रामेछाप हुँदै, काठमाडौं सडकमा बेसाहारा भएर भौतारिएको ३ बर्ष भन्दा बढी भै सक्योकेको तर आजसम्म पनि आफुले न्याय पाउन सकेकी छैन । फितलो कानुनको मारमा परेर आफुले अहिले सम्म न्याय पाउन नसकेको उनको गुनासो छ ।
न्यायको निम्ति पटक पटक अनशन बसेको र अहिले पनि माइतीघर मण्ड्लामा अनशन रत नै छिन्। बिनुको न्यायमा ऐक्यबद्धता जनाउन सामाजिक अभियान्ता धेरै त्यहँ पुगेका छन् । अन्य धेरै ब्यक्ति हरुलाई बिनुको लागि आवाज उठाइ रदिन अनुरोध गरेकि छन् ।