राष्ट्रपतिको उम्मेदवारबारे भोलि उच्चस्तरीय संयन्त्रको बैठक हुने

काठमाडौं,२५ माघ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भोलि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुने भएकमे छ ।

आज बिहान ओली निवास बालकोट भेटघाटका लागि पुगेका प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले भेटवार्तामा भोलि राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने बताए ।

बालकोटबाट बाहिरिने क्रममा प्रचण्डले भने, ‘सहज ढंगले कसरी अघि बढ्ने भन्नेबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गर्छौं, राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुन्छ ।’ भनेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । तस्वीर ः प्रधानमन्त्रीको सचिवालय ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *