१९ पुष, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले नेपाल टी ट्वान्टी लिगको निष्पक्ष छानविन गर्न माग गरेका छन् ।
काठमाडौंमा जारी फ्रेन्चाईज क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङको घटना बाहिर आएपछि पूर्व कप्तान खड्काले निष्पक्ष छानविन गरेर दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।
पूर्व कप्तान खड्काले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् नेपाल क्रिकेटले विभिन्न अध्याय,संघर्ष र खुड्किलाहरु पार गर्दै राम्रो स्वरुप लिने क्रम जारी थ्यो। यो अनवरत यात्रा र उतारचडावकै बीच Nepal T-20 League मा SPOT FIXING जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ। खेलाडीहरुको बर्षौं देखिको लगाव , खेलप्रेमीहरुको निस्स्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरुको विश्वासलाइ यस घटनाले यो खेल संग सम्बंधित सबैलाइ चोट पुर्याएको छ। यो अपराधको निष्पक्ष छानविन गरेर दोषीलाइ कडा कारवाही गरियोस ।
https://www.facebook.com/official.ParasKhadka