वैशाख १० काठमाडौं।
आज देखि दशौं पीएम कप एनभीए भलिबल लिग हुँने भएको छ।
आज देखि दश दिन सम्म सञ्चालन हुँने एनभीए भलिबल लिग नेपाल भलिबल संघको आयोजनामा दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा सञ्चालन हुँदै छ।
आज देखि नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग सुरु हुँने भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा दश दिन सञ्चालन हुने लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्ने जनाएका छन्।
महिलातर्फ न्यू डायमण्ड युथ स्पोट्र्स क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।
पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), रुकुम पश्चिम भलिबल क्लब, कोशी प्रदेश भलिबल क्लब र बुढानिलकण्ठ भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।
नवौँ एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिप बाट छनोट भएका शीर्ष टोलीहरुले दशौँ एनभीएल लिग खेल्न लागेका हुन्।
नवौँ एनभीएल महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ न्यु डायमण्डले जितेको थियो।
एनभीए लिगमा महिला र पुरुषतर्फ गरी कूल ४५ खेल हुनेछ। भने लिग चरणमा पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल हुने जनाएको छ। दुवैतर्फ लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
यस वर्ष महिला र पुरुष दुवैतर्फ विजेताले १० लाख नगदसहित ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पाउने जनाएको छन्।
नेपाली भलिबल इतिहासमा नेपाल भलिबल संघले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा ठूलो नगद पुरस्कार भएको जनाएका छन्।
यस्तै महिला र पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडीले ६० हजार हात पार्ने छन्। भने दुवैतर्फ उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकले ३०–३० हजार प्राप्त गर्ने जनाएका छन्।