विश्वकपमा सर्बाधिक खेलको कीर्तिमान मेस्सीले बराबर गरे

काठमाडौं, २८ मंसिर
अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा नयाँ इतिहास बनाएका छन् ।

फिफा पुरुष विश्वकपको इतिहासमा उनी सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका हुन् । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइनका यी स्ट्राइकरले मंगलबार दोहाको लुसेल रंगशालामा भएको खेल विश्वकपमा आफ्नो २५ औं खेल खेलेका हुन् ।


यो जर्मनीका महान खेलाडी लोथर म्याथ्युजसँग बराबरीको कीर्तिमान हो । खेल अर्जेन्टिनाले ३–० ले जितेको छ । आइतबार लुसेल रंगशालामै हुने फाइनल मैदानमा उत्रिएसँगै मेस्सी विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्नेछन्।

 

भईरहेको विश्वकप २५ खेलमा अर्जेन्टिनाका लागि उनले ११ गोल गरेका छन् भने ९ गोलका लागि असिस्ट गरेका छन् । यसैबीच क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत पहिलो गोल गरेका लियोनल मेस्सी अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका हुन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *