पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गोली चल्दा १० को मृत्यु

काठमाडौं, २६ मंसिर
अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान हुदा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना पाकिस्तानी र ३ जना अफगानी नागरिक र १ जना अफगानी सुरक्षाकर्मी छन् । घटना हुँदा पाकिस्तानका १७ जना र अफगानिस्तानमा १० जना घाइते भएको बीबीसीले जनाएको छ ।

 

अफगानी सुरक्षाकर्मीले बिना कारण गोली हानेको पाकिस्तानी सेनाको आरोप छ । अफगानिस्तानबाट बिना कारण गोला वारुद प्रहार भएपछि आफूहरुले पनि जवाफी कारबाही गरेको पाकिस्तानी सेनाले बताएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले घटनाको निन्दा गरेका छन् ।
तालिवान सुरक्षाकर्मी ।

फाइल तस्वीर

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *