काठमाडौं, मंसिर २२
पेरुको इतिहासमै पहिलोपटक महिला राष्ट्रपति बनेकि छन् डिना बोलुआर्ते यसअघि उपराष्ट्रपति रहेकी डिना बोलुआर्ते राष्ट्रपति चुनिएकी हुन् । राष्ट्रपति पेड्रो क्यास्टिलो महाअभियोग लागेर पदमुक्त भएपछि डिना राष्ट्रपति चुनिएर सपथ ग्रहणसमेत गरिसकेको बीबीसीले जनाएको छ ।
राष्ट्रपति पेड्रोले संसद भंग गर्न लागेको सूचना पाएपछि आपतकालीन संसद बैठक बोलाइएको थियो । त्यसपछि पेड्रोविरुद्ध महाअभियोग लगाएर पदमुक्त गरिएको र हिरासतमा राखिएको बीबीसीले जनाएको छ । ६० वर्षीया बोलुआर्तेले राष्ट्रपति पद सम्हालेपछि आफू सन् २०२६ सम्म यो पदमा रहने बताइन् । अघिल्ला राष्ट्रपति पेड्रोको कार्यकाल पनि सोही समयसम्म थियो । शपथ ग्रहण गरेपछि बोलुआर्तेले अहिलेको संकट निवारणका लागि राजनीतिक शान्ति सम्झौता आवश्यक रहेको बताएकी छन् । उनले भनिन्, ‘यो देशलाई बचाउन मलाई थोरै समय चाहिन्छ ।’
महाअभियोग लागेर राष्ट्रपति पदबाट हटेका पेड्रो क्यास्टिलो बुधबार राष्ट्रपति पदबाट मुक्त हुनुअघि पेड्रोले राष्ट्रिय टेलिभिजनमार्फत् सम्बोधन गर्दै संकटकाल लागू गर्ने घोषणा गरेका थिए । उनले विपक्षी दलको बहुमत रहेको संसद भंग गर्ने घोषणासमेत गरे । त्यसपछि सरकारका धेरै मन्त्रीहरुले त्यसको विरोध गर्दै राजीनामा दिएका थिए । त्यसलगत्तै विपक्षी पार्टीहरुले संसदको विशेष अधिवेशन बोलाएर महाअभियोगको पक्ष–विपक्षमा मतदान गरियो । महाअभियोगको पक्षमा १०१ र विपक्षमा ६ जना सांसद रहे । १० जना सांसदहरुले भने भोटिङमा भाग लिएनन् । बीबीसीले उल्लेख गरेको छ ।