काठमाडौं,२२ मंसिर
भारतको गुजरातमा पछिल्लो २७ वर्षदेखि भाजपा शासनमा छ । यद्यपि भाजपा जम्मा ९९ सिटमा समेटिएको थियो भने कांग्रेसले ७७ सिट जितेको थियो । गुजारातको विधानसभा चुनावले फेरि भारतीय जनता पार्टी (भाजपा) ले जित्ने देखिएको छ ।
१८२ विधानसभा सिटमा दुई चरणमा भएको चुनावको प्रारम्भिक मत गणानामा भाजपाले १५९ स्थानमा अग्रता लिएको छ भने कांग्रेसले जम्मा १५ सिटमा अग्रता लिएको छ । आम आदमी पार्टी (आप) ५ स्थानमा अगाडि छ । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेल भन्छन्, ‘गुजराजको नतिजा निकै प्रष्ट छ । जतताले गुजराजको विकासलाई निरन्तरता दिने सोच बनाएका छन् । हामीले यसलाई सहर्ष स्वीकार गर्छौं ।’
भाजपाको गुजरात इकाईका अध्यक्ष आरसी पाटिलका अनुसार मुख्यमन्त्रीको सपथ १२ डिसेम्बरमा हुनेछ । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीका साथै मुख्यमन्त्री अनित शाह पनि सहभागी हुनेछन् ।