काठमाडौं, २१ मसिंर
काठमाडौं महानगरपालिकाले आपनो कार्यलय परिसर भित्रको फोहोर मैला आफै व्यवस्थापन गर्न र्निदेशन दिएको छ । सरकारी तथा निजी कार्यालयहरुलाई आ–आफ्नो कार्यालय परिसरभित्रको फोहोरमैला ३५ दिनभित्रै आफैं व्यवस्थापन गर्न आग्रह गरेको छ । अन्यथा दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्चसमेत असुल्ने चेतावनी महानगरपालिकाले दिएको छ ।
सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसर नियमित सरसफाइ नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैलाले सहरको सुन्दरतामा ह्रास आएको भन्दै यस्तो र्निनय गरेको छ ।