एकीकृत समाज वादीलाई राष्ट्रिय पार्टी बन्न सकस

काठमाडौं, मंसिर ११

आइतबार बिहानसम्म प्रतिनिधि सभामा समानुपातिकतर्फको ७५ प्रतिशत बढी मत गणना भइसक्दा नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय पार्टी बन्न चाहिने ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न सकस परिरहेको छ ।
समानुपातिकतर्फ ८३ लाख ९२ हजार २९८ मत गणना हुँदा एकीकृत समाजवादीले २ लाख २२ हजार ७५७ मत पाएको छ । अर्थात् अहिलेसम्म उसको मत २.६५ प्रतिशत पुगेको छ ।

९ लाख मत गणना हुँदा १.५ प्रतिशतको हाराहारीमा मत पाएको एकीकृत समाजवादीको मत पछिल्लो समय बढ्दै गएको छ तर त्यसको गति निकै कम छ । १९ लाख मत गणना हुँदा एकीकृत समाजवादीले १.७ प्रतिशत मत पाएको थियो । ४८ लाख मत गणना हुँदा भने उसले २ प्रतिशत मत कटाएको थियो । शनिबार बिहान ६७ लाख मतगणना हुँदा एकीकृत समाजवादीले २.५ प्रतिशत मत पाएको थियो । ४८ लाखदेखि ६७ लाखसम्मको गणनामा उसको मत केही बढेको थियो ।

एकीकृत समाजवादी पार्टिले तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्नेतर्फ अग्रसर भएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चासो व्यक्त गरेका थिए । शनिबार साँझ एकीकृत समाजवादीलाई संकेत गर्दै समानुपातिकतर्फ केही दलको मत अस्वाभाविक रूपमा बढ्दै गएको र ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत मत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ’ भन्दै ओलीले मतगणनास्थलमा रहेका आफ्ना प्रतिनिधिहरूलाई चनाखो हुन भनेका थिए ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *