१० मंसिर, काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ २० लाख मत कटाएको छ । शनिबार दिउँसोसम्म एमालेको मत २० लाख ६ हजार ५८७ पुगेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १९ लाख ३९ हजार १०४, नेकपा माओवादी केन्द्रको ८ लाख ६२ हजार ६६९, राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख ३३ हजार ५९५, राष्ट्रिय प्रजातन्त्र पार्टीको ४ लाख ४१ हजार ९६९ मत आएको छ ।
त्यसैगरी जनता समाजवादी पार्टीले २ लाख ३८ हजार ८८७ र नेकपा एकीकृत समाजवादीले १ लाख ८६ हजार १०८ मत पाएका छन् ।
Post Views: 7