्प्रत्यक्षमा ७९ ठाउँको नतिजा आउँदा ४ महिलाको जित

काठमाडौं, मंसिर ८
बुधबार १२ बजेसम्म ७९ ठाउँको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम सार्वजनिक भएकामध्ये ४ ठाउँमा महिला उम्मेदवार विजयी भएका छन् । मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम अझै जारी छ ।

कास्की २ मा नेकपा (एमाले) की विद्या भट्टराई विजयी भएकी छन् भने दाङ–२ मा नेकपा (माओवादी केन्द्र) की रेखा शर्मा निर्वाचित भएकी छन् । अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–२ मा सोविता गौतम, ललितपुर–३ मा तोसिमा कार्कीले जित हात पारेका छन्।

महिला उम्मेदवार प्रतिस्पर्धी रहेका केही क्षेत्रको मतगणना जारी छ । कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ जितनजिक छन्, तेह्रथुममा नेपाली कांग्रेसकी सीता गुरूङले अग्रता लिइरहेकी छन् भने सुनसरी ३ मा एमालेकी भगवती चौधरीको अग्रता कायम छ । धनुषा ३ मा एमालेकी जुली महतोले पनि अग्रता लिईराखेकी छन्।

दाङ–३ मा एमालेकी उम्मेदवार कोमल वली दोस्रो स्थानमा छन् भने उदयपुर १ मा एमाले मञ्जु चौधरी पनि दोस्रो स्थानमा छन् । दाङ १मा एमालेकी शान्ता चौधरी पनि दोस्रो स्थानमा छन् । कञ्चनपुर १ मा माओवादी केन्द्रकी बिना मगर दोस्रो स्थानमा छन ।
मोरङ २ मा कांग्रेसकी सुजाता कोइराला झिनो मतले पछि परेकी छन् र मकवानपुर १ मा कांग्रेसकी डिना उपाध्याय अग्रता लिइरहे पनि पछिल्लो समय एक हजार बढी मतले पछि परेकी छन् ।

 

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *