अस्पताल बनाउनुलाई दलहरूले स्वास्थ्य भन्ने बुझेका छन

काठमाडौं, कातिक १८

दलहरूले घोषणापत्रमा आधारभूत स्वास्थ्य सेवा दिन्छौं भनेर वाचा गर्ने तर, अस्पताल बनाउने पाटोलाई मात्रै जोड दिएको पाइन्छ । प्रत्येक वडामा औषधालयसहितको सामुदायिक क्लिनिक स्थापना तथा स्तरोन्नति गरिने दलको घोषणापत्रमा उल्लेख गरिएको छ । हाम्रो स्वास्थ्यको आधार, वस्तुस्थिति के छ भनेर घोषणापत्र तयार गर्नुपथ्र्यो, त्यसो हुन सकेन ।

नेपालका राजनीतिक दलहरूले स्वास्थ्य क्षेत्रको राम्रोसँग अध्ययन नै नगरी घोषणापत्र तयार गरेका छन् । सबै दलले बुझेको स्वास्थ्य भनेको अस्पताल भवन हो भन्ने जसरी एजेण्डा पेश भएका छन् । आधारभूत स्वास्थ्य सेवामा मुख्य तीनवटा कुरा समावेश हुन्छन् । जसमा स्वास्थ्य प्रवर्धन, रोगको निरोधात्मक सेवा र रोगका उपचारात्मक विषय ।

अरु कुरालाई ध्ययन नदि अहिले दलहरूले अस्पताल निर्माणमा मात्रै जोड दिएका छन् । अस्पतालले मात्रै स्वास्थ्य प्रवर्धन, रोगको निरोधात्मक सेवा अगाडि बढाउन सक्दैन । पोलियो उल्मूलन, मलेरिया नियन्त्रणलगायतका कुराहरू अस्पतालले भएका होइनन् । त्यसबेला अस्पताल थिएन । वडास्तरमा आमा समूह, महिला स्वास्थ्य स्वयंसेविकालाई हेल्थपोष्टसँग जोडिएको थियो ।

यसरी गाउँघरका स्वास्थ्य समस्याबारे उनीहरूले रिपोर्ट ल्याउँथे । त्यसको आधारमा जिल्ला जनस्वास्थ्य, अञ्चल हुँदै स्वास्थ्य मन्त्रालयसम्म पुग्थ्यो । यसलाई सामुदायिक स्वास्थ्य प्रणाली भनिन्छ । जब घरदैलोसँग जोडिएको स्वास्थ्य प्रणाली बनाउँछौं तब मात्रै हरेक महिलालाई सुरक्षित मातृत्व, प्रजनन् सेवा, बाल स्वास्थ्य, खोप जस्ता कुरालाई अगाडि बढाउन सकिन्छ । तर, त्यो स्वास्थ्य प्रणाली भत्काइयो । आधारभूत सेवा दिन एकीकृत सामुदायिक स्वास्थ्य सेवाको आवश्यकता हुन्छ ।

नागरिकका स–साना समस्या हल गर्न घरदैलोसम्म जोडिएको एकीकृत सामुदायिक स्वास्थ्य सेवा प्रणाली सञ्चालन गर्नुपर्छ । दलहरूले अधिकांश विषयवस्तु लामो समयदेखि उठान गरेका छन् । जुन, हामीले ऐन, कानुनमा ल्याइसकेका छौं ।

आजभोलि हामी घरको भान्छामा खान छोडिसकेका छौं । बाहिर पकाएको खान्छौं, जुन खाना पैसाले हामी नसर्ने रोग किनिरहेका छौं । सरकारले यस्ता नसर्ने रोगको रोकथाम तथा नियन्त्रण गर्न नसक्नुमा व्यापारीकरण कारण हो । मेडिकल शिक्षा र स्वास्थ्यमा व्यापारीकरण भएको छ ।

हरेक पालिकास्तरको अस्पताललाई आधारभूत अस्पताल बनाउनु स्वास्थ्य प्रवर्धन, रोगको निरोधात्मक सेवा र सामान्य रोगका उपचार सेवा दिनु हो । त्यहाँ, विशेषज्ञ सेवा हुनसक्दैन । मेडिकल अफिसर बस्ने ठाउँमा जटिल स्वास्थ्य सेवा दिन्छु भन्नु बेकारको कुरा हो ।

यी घोषणापत्र राजनैतिक नारामा मात्रै सीमित छन् । विगतमा भएका स्वास्थ्य क्षेत्रका कामबाट आशाजनक अवस्था छैन । आधारभूत स्वास्थ्य सेवा प्रणाली बनाउन नसक्दा डेंगुले पनि मानिसको मृत्यु भएको छ । नसर्ने रोगका कारण दैनिक सयौं मानिसको मृत्यु हुँदै आएको छ । यस कारण राजनैतिक दलले विगतमा गरेको कामबाट विश्वास गर्ने केही आधार देखिंदैन ।

जनस्वास्थ्यविद् डा. थापासँग अनलाइनखबरकर्मी पुष्प चौलागाईंले गरेको कुराकानीमा आधारित ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Hacklinkbetsat
betsat
betsat
holiganbet
holiganbet
holiganbet
Jojobet giriş
Jojobet giriş
Jojobet giriş
casibom giriş
casibom giriş
casibom giriş
xbet
xbet
xbet
grandpashabet
grandpashabet
grandpashabet
İzmir psikoloji
creative news
Digital marketing
radio kalasin
radinongkhai
gebze escort
casibom
casibom
imajbet güncel
mavibet
casibom güncel giriş
casibom güncel giriş
pusulabet giriş
pusulabet
Deneme Bonusu
casibom
ultrabet güncel giriş
Kaliteli Kumar Siteleri
Deneme Bonusu
Yerli Porno Film
marsbahis giriş