कांग्रेसका नेताहरू समानुपातिक सूची संशोधनबारे बालुवाटारमा छलफल गर्दै

काठमाडौ, असोज १२
बालुवाटारमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित पदाधिकारी छलफलमा जुटेका छन् । आज बिहान कांग्रेसका नेताहरू समानुपातिक उम्मेदवार सूची संशोधन र सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे भइरहेका उपलब्धिबारे छलफल भएको हो ।

पार्टीले निर्वाचन आयोगमा असोज ३ गते बुझाएको प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फको उम्मेदवारको सूची संशोधन गर्नेलगायत विभिन्न विषयमा उनीहरूबीच छलफल भएको हो।

 

शेखर कोइराला पक्षलाई समानुपातिक सूचीमा ४० प्रतिशत भाग नदिएको आरोप छ। ११० जनाको नाम प्रतिनिधि सभातर्फ समानुपातिकमा बुझाउँदा कोइराला पक्षका १४ जनाको नाम मात्रै समावेश छ। कम्तीमा ३० देखि ४० प्रतिशत संस्थापनइतरलाई समावेश गर्न माग गर्दै आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा असन्तुष्ट पक्षले धर्ना दिँदैछन्।

 

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *