उत्पादन मिति बिनाको खाद्य सामग्री सरकारी गोदाममै भेटियो

काठमाडौं, असोज ११
काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन गरेको छ । अनुगमनको क्रममा सरकारी कार्यालयको गोदाम भित्रै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको हो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरमै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी संस्थामै अखाद्य वस्तु भेटिएको बताए ।

महानगरमा तीन टोलीले बजार अनुगमन गरिरहेको उपमेयर सुनिता डंगोलले जानकारी दिइन् । महानगरले टुकुचा खोलाको खसी बजारसहित विभिन्न क्षेत्रमा अनुगमन गरेको अनुगमनका क्रममा बजारमा अखाद्य वस्तु बेच्ने गरेको, महानगरमा व्यवसाय नै दर्ता नगरेको पाइएको उनले बताइन् ।

डंगालले महानगरकै उपभोक्ता पनि उपभोग्य सामग्री खरिद गर्दा सचेत हुनुपर्ने भन्दै यस्तो नदेखिएको बताइन् । महानगरभित्र उपभोक्तालाई समस्या भए, कालोबजारी भएको पाइए, म्याद गुज्रेको सामग्री बिक्री गरेको पाइएमा कल सेन्टरमा फोन गरेर जानकारी गराए तुरुन्तै कारबाही हुने उनले बताइन् ।

 

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *