काठमाडौं, भदौ १९ ।
समयमै रासायनिक मल नल्याउने कृषि सामग्री कम्पनी लिमिटेडको दुई ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेको छ ।
आर्थिक वर्ष २०७८÷७९ का लागि ‘सिल्क (जेभी) र सिल्क मार्केट यि दुई कम्पनीले ५० हजार मेट्रिकटन युरिया ५ हजार मेट्रिकटन डीएपी गरी कुल ५५ हजार मेट्रिकटन मल आयातको सम्झौता गरेका थिए । सम्झौता अवधि सकिएको २ देखि ६ महिनासम्म पनि कारबाही नगरी मल ल्याउन समय दिंदा पनि ठेकेदारले आलटाल गरेपछि कम्पनीले ठेक्का सम्झौता तोडेर कृषि सामग्रीले धरौटी जफत गरेको कृषि विकास मन्त्रालयलका प्रवक्ता सञ्जेलले बताए ।
ठेक्का सम्झौताअनुसार समयमै मल नल्याएका दुई नेपाली कम्पनीलाई कालो सूचीमा राख्न कृषि सामग्री कम्पनी लिमिटेडको निर्णयमा मन्त्रालयले सिफारिस गरेको कृषि विकास मन्त्रालयलका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।
युरिया ५० हजार मेट्रिकटन आयात गर्न पाँच नेपाली ठेकेदार कम्पनीहरुले संयुक्त ठेक्का गरेका थिए । जसमा थिए सिल्क मार्केट, सिनोमायक, विध म्यानेजमेन्ट, ग्लोबल म्याक्टिक्स र सिल्क मार्केट । उनीहरुलाई २५–२५ हजारको मेट्रिकटन युरिया आयातको ठेक्का परेको थियो भने डीएपी ५ हजार मेट्रिकटनका लागि नेपाली कम्पनी सिल्क मार्केटले ठेक्का पाएको थियो ।दुई बंगलादेशी र एक नेपाली कम्पनी गरी तीन कम्पनीलाई कालोसूची सिफारिस गर्न थप छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।