असोज २२ काठमाडौँ ।
मन्त्री सीता बाढी र अमेरिकी कार्यवाहक राजदूत मेगन बिच भेटवार्ता भएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन बीच भेटवार्ता भएको हो ।
आज भएको भेटका क्रममा नेपाल–अमेरिका सम्बन्ध, रसुवा लगायत बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको जनाएको छ ।
भेटवार्ताका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवाको भोटेकोशीमा गएको बाढीमा परी ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गेरेकी छन् ।
राजदूत बोल्डिनले बाढी बाट प्रभावित समुदायको अवस्था र पुनःस्थापनाका प्रयासबारे चासो व्यक्त गर्दै नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।
मन्त्री बादीले नेपाल र संयुक्त राज्य अमेरिका बिच सन् १९४७ देखि कायम कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, विश्वास, विकास सहकार्य र जनस्तरीय सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै आगामी दिनमा दुई देश बीचको सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरेकी छन् ।
भेटवार्तामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण तथा बाढी प्रभावित क्षेत्रमा पुनःस्थापनाका विषयमा समेत विस्तृत छलफल भएको मन्त्रालय स्रोतले बताएको छ ।
