काठमाडौं, भदौ ८ । गृहमन्त्री बालकृष्ण खाँणको निजी सुरक्षामा खटिएका पीएसओमाथि प्रहरी प्रधान कार्यालय नक्सालले छानबिन थालेको छ ।
सुन तस्करीमा संलग्न व्यक्तिसँग आर्थिक लाभ लिएको आरोप लागेपछि खाँणका पीएसओ वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) टंक कार्कीमाथि प्रहरी प्रधान कार्यालय नक्सालले छानबिन थालेको हो ।
प्रहरीका अनुसार यूएईबाट ५० ग्रामका दरले विभिन्न व्यक्तिबाट सुन ल्याएर काठमाडौंमा संकलन गर्ने गिरोहसँग उनको सम्बन्ध रहेको आशंका गरिए संगै केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले एकजना प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान भइरहेको बताए ।