राजनीतिमा महिलाले खेलेको भूमिका असाधारण: एमालेका अध्यक्ष ओली

३१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो सरकार बन्न सकेमात्रै मुलुकको सहि तरिकाले बिकास हुने बताए ।

अखिल नेपाल महिला संघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले गलत नेतृत्वमा सरकार बन्दा मुलुकको अवस्था कस्तो हुन्छ भन्ने पछिल्लो १ बर्षले देखाएको भन्दै राम्रो सरकार बन्न सकेमात्रै मुलुकको सहि तरिकाले बिकास हुने बताएका हुन ।

उनले गठबन्धन सरकारका कारण अर्थतन्त्र ओरालो लागेको, संसदलाई पंगु बनाएको, अदालतलाई बन्धक बनाएको र समग्र मुलुकमा नै अराजकता सिर्जना भएको आरोप समेत लगाए । ओलीले सत्यको पक्षमा राजनीतिक गर्न सके मात्र मुलुक सहज रुपमा अघि बढ्ने धारणा राखेका छन् । त्यस्तै उनले महिला आन्दोलनका नाममा विकृतितर्फ जान नहुने भन्दै यसप्रति सजक रहन सुझाव दिएका छन् ।

पछिल्लो समयमा राजनीतिमा महिलाले खेलेको भूमिका असाधारण रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *