काठमाडौं, साउन ३१
विवेकशील साझा पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न अध्यक्ष समीक्षा बाँस्कोटा, सञ्जीव वल्लभ भट्टराईलगायत नेताहरू आयोग गएका हुन्।
आइतबार विवेकशील साझाले अध्यक्षमा समीक्षा बाँस्कोटा र संयोजकमा सञ्जीववल्लभ भट्टराईलाई चयन गरेको थियो।