२८ साउन, काठमाडौँ । काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र साह -बालेन_ ‘कुमारी आमा’ निहारिका राजपूतलाई भेट्न शनिवार अस्पताल पुगेका छन् उनले शनिबार त्रिवि शिक्षण अस्पताल पुगेर निहारिकालाई भेटेका हुन्। । शुक्रवार राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेपछि निहारिकालाई प्रहरीले उद्धार गरी अस्पताल पु¥याएको थियो ।
भेटपछि उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गर्दै निहारिकामाथि अत्याचार गरिएको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ। यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने? यो अत्ति हो। यो अत्याचार हो। कानुनीराज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन।’