२१ साउन,काठमाडौं । नेकपासंग भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्नुपर्ने भन्दै नेकपा लगाएतका साना कम्युनिष्ट पार्टीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादीले यसअघि नेकपा संग भएको सहमति कार्यान्वयन गर्नुपर्ने र नेकपाका नेताहरुमाथिको पक्राउ आदेश खारेज गर्नुपर्ने भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
त्यस्तै उनीहरुले एमसीसी खारेज गर्नुपर्ने, मूल्यबृद्धि नियन्त्रण गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता हुनुपर्ने माग गर्दै नारावाजी गरेका थिए । उनीहरुले संसदीय व्यवस्था खारेज गर्नुपर्ने जनाएका छन् ।